आयोगद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेस
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम पेस गरेको छ । आयोगले जेठ ६ गते बिहीबार वाग्मती प्रदेशमा सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिको कार्यालयमार्फत राष्ट्रपतिसमक्ष पेस गरेको हो ।
उक्त प्रतिवेदन आयोगको मंगलबारको निर्णयबाट स्वीकृत गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम पेस गरिएको आयोगले जनाएको छ ।
उक्त प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरू, राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणालगायतका विषयहरू समावेश गरी तयार गरिएको थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया