ढाका ।विश्वका कतिपय देशमा कोरोनाका कारण प्रतिबन्ध र कडाइ गरिरहेका बेला बंगलादेशको तरकारी निर्यात बढेको छ । यो आर्थिक वर्षको अप्रिलसम्म बंगलादेशले १८ करोड अमेरिकी डलरको तरकारी निर्यात गरेको हो ।सन् २०१९÷०२० को सोही अवधिमा यस्तो निर्यात केवल १६ करोड ४० लाख अमेरिकी डलरको थियो । ‘आगामी दिनमा तरकारी निर्यात अझै बढ्ने देखिन्छ’, कृषिमन्त्री डा. मुहम्मद अब्दुर रजाकले एक बैठकमा भने ।
रजाकले बंगलादेशको आलु उत्पादन बढिरहेको समेत जानकारी दिएका छन् । सोही कारण आलु निर्यात समेत बढेको उनको भनाइ छ । भर्खरै आएको यास चक्रवातले भने कृषि क्षेत्रमा नोक्सानी पुगेको तर त्यसको एकीन तथ्यांक आउन समय लाग्ने उनले बताए । चक्रवातले बंगलादेशमा धेरैजसो बालीमा क्षति पुगेको उनले बताएका छन् । तर धेरै ठूलो परिमाणमा यसले नोक्सानी नपु¥याएको उनको आकलन छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया