नेशनल माइक्रोफाइनान्सको तेस्रो त्रैमासिक नाफा २४ करोड ९१ लाख
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ९१ लाख ६० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ११ करोड ३८ लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९४ लाख ९५ हजार रूपैयाँँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ८० लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब ३६ करोड ८५ लाख ४४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४५ करोड ५७ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ८६ लाख तीन हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ९९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५८ करोड ३१ लाख ६३ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १५ करोड ३० लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड १२ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ९१ लाख ५० हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया