सानिमा बैंकको मोबाइल बैकिङ एपमा अब रेमिट्यान्स सेवा
काठमाडौं ।
सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ ।
यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरूले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नुहुनेछ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाइल बैकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरूमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई–बैकिङको वेब भर्सनमा पनि उपलब्ध छ । बैंकको हाल सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया