अज एस्किलपियसले दिएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो
काठमाडौं ।
चीनको शांघाईमा रहेको प्रसिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर चिनियाँ कम्युनिष्ट पाटीमार्फत नेपाल भित्रिएको छ । कोरोना महामारीको नियन्त्रणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको आग्रहमा अज एस्किलपियस कम्पनीले उल्लिखित अत्याधुनिक प्रविधिका उपकरणहरु नेपाल पठाएको हो ।
कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सीपीसीमार्फत सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइसकिएको जनाएका छन् । यही जेठ १२ गते (मे २६) का दिन चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्वदलीय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले यस्तो महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे ।
उनले हज्यो किष्लनरंग टेक्नोलोजी ग्रुप कम्पनीले पनि नेपाललाई छ लाख एन९५ मास्क उपलब्ध गराएको जनाएका छन् । चीन र नेपाल एक अर्कालाई राम्रो छिमेकी र भाइहरूको रूपमा सहयोग गरिरहेको पनि बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया