पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह
काठमाडौं ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवालाई सञ्चालन गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीहरुले खोप नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेको हो ।
संघका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रुपमा माग गर्दा समेत सुनुवाइ नभएको जनाइएको छ । ‘अत्यावश्यक वस्तुभित्र समावेश गरिएको पेट्रोलियम पदार्थको ढुवानी गर्नेलाई तत्काल खोप उपलब्ध गराउन आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ । एसोसिएसनका अनुसार संस्थामा आबद्ध कोभिड महामारीकै कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार दुई सय जना संक्रमित भइसकेका छन् ।
संघले प्रदेश नम्बर १ मा रहेका दुई सय ४१ पेट्रोलपम्पका सञ्चालक, कर्मचारी, ट्र्याकरका चालक/सहचालक गरी एक हजार सात सय ६३ जना, प्रदेश नम्बर २ का दुई सय ७८ पम्पका एक हजार नौ सय १३ जना, वाग्मती प्रदेशका तीन सय ८२ वटा पम्पका दुई हजार नौ सय ९८ जनालाई खोप उपलब्ध गराउन आग्रह गरेको छ । यसैगरी, गण्डकी प्रदेशका ६८ पम्पका चार सय ४०, लुम्बिनी प्रदेशका चार सय दुई पम्पका दुई हजार छ सय ३४ जना र सुदूरपश्चिम प्रदेशका ८१ पम्पका पाँच सय ९८ गरी १० हजार तीन सय ४३ जनालाई तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया