भक्तपुर उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण
दोलखा ।
भक्तपुर उद्योग वाणिज्य संघले छ लाख ५० हजार रुपैयाँबराबरको सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले एक समारोहबीच भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति तथा उपमेयर रजनी जोशीलाई नगरपालिकाले व्यवस्था गरेको आइसोलेसन केन्द्र र एचडीयू सञ्चालनको लागि अक्सिजन प्लान्ट तथा स्वास्थ्य उपकरणको व्यवस्था गर्न खडा गरिएको प्रकोप व्यवस्थापन कोषको लागि नगद दुई लाख रुपैयाँ तथा आइसोलेसन केन्द्रका लागि चार लाख ५० हजार रुपैयाँबराबरको अक्सिजन कन्सन्ट्रेटर तीन थान हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले विश्वव्यापीरुपमा फैलिएको महामारीसँग जुध्न सबै एकजुट भई लाग्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले महामारीको समयमा यहाँका नगरबासीहरुको जीवनरक्षाको लागि तथा कोभिड १९ को प्रकोप नियन्त्रण गर्न भक्तपुर नगरपालिकाको प्रयासमा संघ हरदम हातेमालो गरी अघि बढ्ने विश्वास दिलाए । संघका कार्यसमिति सदस्यहरु तथा साधारण सदस्यहरुले समेत स्वस्फूर्त रुपमा सक्दो सहयोग पु¥याएको बताए । उनले भक्तपुर उद्योग वाणिज्य संघले आगामी दिनहरुमा पनि भक्तपुर नगरपालिकालाई यसरी नै सक्दो सहयोग गर्दै जाने बताए ।
उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष राम प्रसाद प्रजापति, वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धर, उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने, महासचिव रोशनी मैया धौबञ्जा, कार्यसमिति सदस्य सचिन्द्र प्रधानाङ्ग, विश्वराम दुवाल, तथा रञ्जित मारिखुको उपस्थिति रहेको थियो । भक्तपुर उद्योग वाणिज्य संघलाई अक्सिजन कन्सन्ट्रेटरहरु जोया फाउन्डेसन काठमाडौंको सौजन्यबाट प्राप्त भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया