कम्पनीहरुलाई न्यूनतम कर निर्धारण गर्न जी–७ राष्ट्रका नेता सहमत
लन्डन ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र जी–७ राष्ट्रका नेताहरुले विश्वव्यापी रुपमा न्यूनतम व्यवसाय कर निर्धारण गर्न सहमत भएका छन् । शुक्रबार बहुराष्ट्रिय कम्पनीको नाफा थुपार्ने प्रवृत्तिमा लगाम लगाउन नेताहरुबीच सहमति जुटेको हो ।
कम्पनीहरुले नाफा, राजस्व मिलान गरी करयोग्य रकम घटाउने गरेका छन् । यसका लागि उनीहरुले जहाँबाट बिक्री गरे पनि कम्पनी भने थोरै कर तिरे पुग्ने बर्मुडा, केम्यान आइल्यान्ड, आयरल्यान्डजस्ता देशमा दर्ता भएका हुन्छन् । यसो गर्नेमा अमेरिकी र विदेशी बहुराष्ट्रिय कम्पनी छन् । यसबाट वर्षेनी दशौँ अर्ब डलर जोगिने गरेको दाबी गरिएको छ ।
वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्याक्स हेभनलाई हटाउन र न्यूनतम व्यवसाय कर निर्धारण गर्न जोड दिँदै आएका छन् । ग्लोबल ट्याक्स निर्धारण भए अन्य देशमा आर्जित नाफामा कम्पनीहरुले कर तिर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया