मानुषी लघुवित्तद्वारा तीन करोड ९३ लाख रुपैयाँको साधारण सेयरको लागि आवेदन
काठमाडौं ।
मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुमति माग गर्दै आवेदन दिएको छ । बोर्डका अनुसार उक्त संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो ।
संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले उक्त संस्थाको सबै वित्तीय अवस्था अध्ययन गरेर सेयर जारी गर्नको लागि अनुमति दिने जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड १९ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५२ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६२ करोड २२ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ११ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड आठ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५२ करोड ८८ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
- नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
- मध्यपहाडी लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने
- कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया