गरिमा विकास बैंक र केसीएल अस्टयुट क्यापिटलबीच सम्झौता
काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेड र केसीएल अस्टयुट क्यापिटल लिमिटेडबीच सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् केसीएल अस्टयुट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१ दशमलव २० प्रतिशत सेयर स्वामित्व कायम भई केसीएल अस्टयुट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा स्थापित हुनेछ ।
गरिमाको सेयर लगानी गरेपश्चात् केसीएल अस्टयुट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्टयुट क्यापिटल लिमिटेडका अध्यक्ष दिपक पाण्डेयद्वारा सयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया