काठमाडौँ ।
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरिएन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा आनुवांशिक (जिन सिक्वेन्सिङ) गर्दा डेल्टा भेरिएन्टको नयाँ रुप नौवटा नमूनामा फेला परेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमूना परीक्षणमा आनुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरिएन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप ‘के४१७एन म्युटेसन’ देखिएको बताए । यसलाई एवाई.१ नाम दिइएको छ । उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पीसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।
नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) तथा कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरिएन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरिएन्टको नयाँ रुप मात्र रहेको बताए । ‘यो नयाँ देखिएको भेरिएन्ट होइन’, उनले भने, ‘यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।’ मन्त्रालयले डेल्टा भेरिएन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।
कोरोना निको हुनेदर हालसम्मकै उच्च : पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो ।
सो अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया