अप्पर इंगवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी
काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेड र इंगवा जलविद्युत् लिमिटेडबीच अप्पर इंगवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा यही जेष्ठ ३१ मा हस्ताक्षर भएको हो । ९ दशमलव ७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इंगवा जलविद्युत् आयोजनाको अनुमानित खर्च एक अर्ब ९५ करोड रहेको छ । इंगवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहनेछ ।
आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जाबापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इंगवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माणकार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपालको ऊर्जा क्षेत्रहरू (सौर्य तथा जलविद्युत्)को विकासको लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया