नारायणी डेभलपमेन्ट बैंकद्वारा १३ करोड १२ लाख रुपैयाँबराबरको हकप्रदको लागि आवेदन
काठमाडौँ ।
नारायणी डेभलपमेन्ट बैंकले १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १३ लाख १२ हजार तीन सय ३८ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै आवेदन दिएको हो ।
बैंकको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५२ लाख ३४ हजार तीन सय ८२ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले १० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड १२ लाख ४५ हजार चार सय रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ४४ लाख ३७ हजार चार सय ५२ रुपैयाँ निक्षेप संकलन गरी दुई करोड ६७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा खुद ब्याज आम्दानी ७८ लाख ५७ हजार तीन रुपैयाँले ऋणात्मक रहेको बैंकमा २५ दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा पनि २१ करोड २७ लाख ५८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुुई करोड ५८ लाख ४८ हजार सात सय ५२ रुपैयाँ निक्षेप संकलन गरी २९ लाख ९३ हजार छ सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शतप्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर १७ दशमलव ६४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया