दोलखा ।
आगामी आर्थिक वर्षका लागि जिल्लाका नौवटै स्थानीय तहले बिहीबार बजेट गाउँसभामा पेस गरेका छन् । दोलखामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सबैभन्दा कम बजेट बैतेश्वर र मेलुङ गाउँपालिकाले ल्याएका छन् ।
आगामी आर्थिक वर्षका लागि मेलुङ गाउँपालिकाले ४६ करोड २१ लाख बराबरको बजेट गाउँसभामा पेस गरेको छ भने बैतेश्वर गाउँपालिकाले ४७ करोड ९१ लाख २८ हजार रुपैयाँबराबरको बजेट गाउँ सभामा पेस गरेको छ । त्यसैगरी भीमेश्वर नगरपालिकाले सबैभन्दा बढी ८८ करोड ५९ लाख ५३ हजार रुपैयाँबराबरको बजेट नगरपालिकाको छैटौँ नगरसभामा पेस गरेको छ ।
जिरी नगरपालिकाले ६० करोड ५९ लाखबराबरको बजेट ल्याएको छ भने तामाकोशी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ रुपैयाँ, गौरीशंकर गाउँपालिकाले ५१ करोड ४४ लाख ३८ हजार रुपैयाँ, शैलुङ गाउँपालिकाले ५७ करोड ६५ लाख ७२ हजार रुपैयाँ, कालिञ्चोक गाउँपालिकाकाले ६७ करोड ३२ लाख ४४ हजार रुपैयाँ र विगु गाउँपालिकाले ५० करोेड ५८ लाख ४१ हजार रुपैयाँबराबरको वजेट गाउँसभामा प्रस्तुत गरेका छन् । यहाँका सबै स्थानीय तहले बजेटमा स्वास्थ्य, शिक्षा, उत्पादनमूलक उद्योग, कृषि क्षेत्रको विकास, आर्थिक विकासलगायतका योजनालाई प्राथमिकतामा राखेको छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया