बजार परिसूचक २८ सय ४३ बिन्दुमा
सातामा ४९ अर्ब १२ करोड रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं ।
यस साता सेयरबजार परिसूचक २८ सय ४३ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २५ दशमलव ६४ बिन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार पाँच लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार पाँच सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४९ अर्ब १२ करोड १० लाख नौ हजार तीन सय ४१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ३० अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार आठ लाख १५ हजार एक सय ३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एक सय ४७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौँ दिन बजार परिसूचक परिसूचक ओरालो लागेको थियो भने तेस्रो दिन बजार परिसूचक उकालो लागेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक ६३ दशमलव २८ अंकले ओरालो लागेर २९ सय पाँच दशमलव १४ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ बिन्दुले ओरालो लागेर पाँच सय २८ दशमलव ५१ बिन्दुमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ७१ दशमलव छ अंकले ओरालो लागेर दुई हजार आठ सय ३४ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३७ बिन्दुले ओरालो लागेर पाँच सय २० दशमलव १८ बिन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक ७९ दशमलव ४४ अंकले उकालो लागेर तीन हजार २२ दशमलव १० बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव १९ अंंकले उकालो लागेर पाँच सय ३६ दशमलव ३४ बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक ५१ दशमलव ६५ अंकले ओरालोे लागेर दुई हजार आठ सय ६२ दशमलव १८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले ओरालो लागेर पाँच सय २८ दशमलव ८७ बिन्दुमा झरेको थियो । यसैगरी अन्तिम कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार आठ सय ४३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले ओरालो लागेर पाँच सय २५ दशमलव ६४ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया