काठमाडौं ।
नेपाल वायुसेवा निगमले आफ्नो ६३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्वसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले २० वर्षे सेवा अवधि पूरा गरेका चार जना कर्मचारीहरुलाई पदक र सम्मानपत्र प्रदान गरेका थिए ।
निगमको दीर्घसेवा पदक पाउनेहरुमा वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जल सिलवाल रहेका छन् । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीहरुले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा हार्दिक सह्राहना व्यक्त गर्दैै भविष्यमा आइपर्ने समस्याहरुमा डटेर योगदान पु-याउने विश्वास व्यक्त गरे ।
विगतमा आर्जन गरेको प्रतिष्ठामा केही धूमिल अवस्था देखिएको भन्दै उनले त्यसका लागि आन्तरिक मात्र नभई बाह्य कारणको पनि भूमिका रहेको उल्लेख गरे । महँगो ब्याजको ऋण, महँगो हवाइ इन्धन र देश प्रतिकूल विमानहरु किन्नुपरेका कारण निगमले दोष बोक्नुपरेको चर्चा गर्दै उनले निगमको प्रयासमा हवाइ इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए । साथै उनले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको र त्यसमा निगमभित्रको सामूहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकतासहित अघि बढन आह्वान गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया