काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघका पूर्वउपाध्यक्ष हेम बहादुर प्रधानको निधनप्रति दुःख व्यक्त गर्न भर्चुअल माध्यमबाट शुक्रबार शोकसभा सम्पन्न गरेको छ । महासंघका पूर्वउपाध्यक्ष प्रधानको असार १३ गते आइतबार निधन भएको थियो । उनको निधनबाट महासंघ परिवारसहित सिंगो निजी क्षेत्र स्तब्ध भएको महासंघले जनाएको छ ।
प्रधान तत्कालीन गण्डकी अञ्चलको प्रतिनिधित्व गरी २०४१ सालमा महासंघमा प्रवेश गरेका थिए । २०४१/०४४ को कार्यकालमा उनी कार्यकारिणी समितिको सदस्य र २०४४–४७ कार्यकालमा महासंघको उपाध्यक्ष भए । उनी २०२५/०२६ सालदेखि नै महासंघका हरेक क्रियाकलापमा सहभागी हुँदै आएका थिए । महासंघमा विभिन्न पदमा रही सिंगो निजी क्षेत्र र मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा पूर्वउपाध्यक्ष प्रधानले उल्लेख्य योगदान पु-याउनुभएको महासंघले जनाएको छ ।
प्रधान पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र पोखराका अग्रणी उद्यमी समेत थिए । मुलुकभित्रका उद्योग व्यवसाय बलियो बनाएर मात्र आर्थिक उदारीकरणमा जानुपर्ने विषयमा तत्कालीन अवस्थामा बलियो धारणा बनाएका पूर्वउपाध्यक्ष प्रधान सरकारको अदूरदर्शी नीतिले गर्दा सधैँ आयातित सामानले देशको अर्थतन्त्र कमजोर बन्दै गएको र निर्यातभन्दा आयात बढी हुँदै जाँदा व्यापारघाटा दिनदिनै बढ्दै गएको र देश कमजोर बन्दै गएको बताउँथे ।
देशको अर्थतन्त्र बलियो हुन आयात प्रतिस्थापन हुने निर्यातमूलक उद्योगहरूको स्थापना हुनुपर्ने कुरामा बलियो मान्यता राख्ने र चेम्बर अभियानमा समेत क्रियाशील पूर्वउपाध्यक्ष प्रधानले आफ्नो कार्यकालमा निर्वाह गरेको भूमिकालाई समग्र निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने महासंघले जनाएको छ ।
स्वर्गीय प्रधानका एक छोरा, पाँच छोरीहरू छन् । शोकसभामा महासंघका पूर्वमहासचिव जगदीश प्रसाद अग्रवाल, महासंघका पूर्वअध्यक्ष पद्म ज्योति, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, स्वर्गीय प्रधानका छोरा रविन्द्र प्रधान, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठसहित सचिवालयका उच्च अधिकृतहरूको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया