मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न तीन जना पक्राउ
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जंगलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घ्याम्पेडाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र नांगै देखेपछि उनीहरूलाई पक्राउ गरेको जगाती वृत्तले जनाएको छ । दुई जना भित्र यौन क्रियाकलाप गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा प्रहरीले भेटेको थियो । गाडीभित्र रहेका दुई जना बुधबार पक्राउ परेका थिए भने बाहिर रहेका व्यक्ति भने बिहीबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महलअन्तर्गतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया