काठमाडौं, माघ ८
प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मात्र उम्मेदवारी परेको छ । नेकपाका नेता अग्निप्रसाद सापकोटाले मात्र सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा उम्मेदवारी दर्ता गराएका हुन् ।संघीय संसद्मा नेकपाको एकल बहुमत छ । नेकपाले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि अन्य दलले उम्मेदवारी नदिएका हुन् ।
सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् । नेम्वाङ सभामुखका प्रमुख ताबेदार थिए । उनको मात्र उम्मेदवारी परेपछि संसदले १२ गते सभामुख सापकोटा भएको घोषणा गर्ने छ । सभामुख पदको निर्वाचन यही माघ १२ गते तोकिएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि उनले असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया