बैंकिङ कसुरमा फरार तीन जना प्रतिवादी पक्राउ
काठमाडौँ । जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका तीन जना फरार प्रतिवादीलाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेनी नगरपालिका–२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका–४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा सुनितालाई छ महिना कैद तथा नौ लाख ७८ हजार दुुई सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई छ महिना कैद तथा नौ लाख ७९ हजार छ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई छ महिना कैद र नौ लाख ७० हजार तीन सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया