के हो बिटुमिनको स्ट्यान्डर्ड ? कस्तो हुनुपर्छ ?
काठमाडौं । सडक र हवाइजहाजको धावनमार्ग कालोपत्रेका लागि चाहिने वस्तु हो बिटुमिन । सडक विभागका अधिकारीहरूका अनुसार यसअघिको मापन गर्दा केन्द्रीय सडक प्रयोगशालामा परीक्षणका लागि ५० ग्रेडभन्दा तलका बिटुमिन समेत आउने गरेका छन् । तर, नेपालका ठूला हवाइमार्ग र हाइवेहरूमा परामर्श दिँदै आएका पूर्वाधार परामर्शदाताहरू भने बिटुमिन स्टेन्डर्डबारे फरक सुझाव दिन्छन् ।
इआरएमसी, जसको परामर्शमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी विमानस्थलको काम भइरहेको छ, उक्त परामर्शदाता इन्जिनियरिङ फर्मका मेनेजिङ डाइरेक्टर उद्धव चौलागाईका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिनको प्रेस्क्रिप्सन नै दिने नगरेको बताउँछन् । उनले भने, ‘हामीले डिजाइन, ड्रइङ मात्र हैन गुणस्तरीय निर्माण सामग्री र त्यसको दररेटका आधारमा समेत लागत इस्टिमेसन दिन्छौं । ता कि निर्माण व्यवसायीले होस् या राज्यले गरेको काम दीर्घकालीन होस् । बिटुमिन प्रयोगको विश्वस्तरीय मापादण्डलाई नै हामीले फलो गरिरहेका हुन्छौं । जसअनुसार नेपालको वातावरण, जमिनको बनोट र भारबहन गर्ने क्षमताका हिसाबले पनि ५० ग्रेडभन्दा तलको बिटुमिन प्रयोग गरिनु हुँदैन भन्ने नै हाम्रो सुझाव हुनेगर्छ ।’
ईआरएमसी, जसको परामर्शमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी विमानस्थलको काम भइरहेको छ, उक्त परामर्शदाता इन्जिनियरिङ फर्मका मेनेजिङ डाइरेक्टर उद्धव चौलागाईका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिनको प्रेस्क्रिप्सन नै दिने नगरेको बताउँछन् । उनले थपे, ‘भलै निर्माण कार्यमा कुन गुणस्तरको सामग्रीहरू प्रयोग गरिन्छ, तर हाइवे, राजधानीभित्रकै सडक वा स्थानीय सडक यिनमा प्रयोग भएको निर्माण सामग्रीको मापदण्ड स्तरीय नहुँदा नै सडकहरूको यो दुर्दशा भएको हो । त्यसमा पनि धावन मार्गका हकमा त कुनै कम्प्रोमाइज नै हुन सक्तैन ।’ उक्त ग्रेडभन्दा तलको बिटुमिन भने ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा मात्रै प्रयोग गर्न मिल्ने विकासविद्हरूको भनाइ छ । जुन बिटुमिनको प्रयोग गर्दा गुणस्तर कायम हुन सक्दैन ।
नेपालको वातावरण, तापक्रम हेर्दा जस्तै, काठमाडौंको नै कुरा गरौँ, चिसो मौसममा उच्च भनेकै १८–२० डिग्री सेल्सियस वा त्योभन्दा कम हुनसक्छ भने गर्मी मौसम जेठ/असारकै कुरा गर्दा पनि ३२–३५ डिग्री सेल्सियससम्म मात्र हुनेगरेको देखिन्छ । यसखाले तापक्रम भएको मुलुकमा ५० ग्रेडभन्दा तलको बिटुमिन प्रयोग गरिनु हुँदैन ।
बिटुमिनको मूल्यबारे प्रश्न गर्दा यतिबेला बिटुमिन एन्ड ब्यारेल उद्योगले प्रति मेट्रिक टन ७५ हजार छ सय रुपैयाँ मूल्य पर्ने जानकारी दिएको छ । तर, नेपाली निर्माण व्यवसायीहरूले कमसल बिटुमिन नै प्रयोग गर्नेगरेको अध्ययनले देखाएको छ । जसका कारण राजधानीकै सडकको कालोपत्रे पनि छिट्टै उप्कने गरेका छन् । प्रयोग अघि बिटुमिन परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षण गर्दा कुन स्थानको तापक्रम, जमिनको बनोट आदि कस्तो छ र त्यो सडकमा कुन स्तरको बिटुमिन उपयुक्त छ भनी निक्र्यौल गरिनुपर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया