भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त
नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्यामा पछिल्लो समय फेरि वृद्धि हुँदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको संख्या अहिले बढेर ४० हजारभन्दा बढी हुँदै गएको छ ।
सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको संख्याभन्दा नयाँ सङ्क्रमितको संख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको संख्यासमेतमा वृद्धि भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल संख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमित अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड सात लाख छ हजार २५७ खोप प्रयोग भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया