कुल रेमिट्यान्समा खाडी मुलुकको योगदान ५० प्रतिशत
सुरेश राउत
काठमाडौं, माघ १३
नेपालमा भित्रिने कुल रेमिट्यान्समा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्ससम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार खाडी मुलुकहरुबाट मात्र प्राप्त हुने कुल रेमिट्यान्सको ५० दशमलव तीन प्रतिशत रहेको छ ।
उक्त अवधिमा कुल तीन खर्ब ४९ अर्ब ७० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकोमा खाडी मुलुकअन्तर्गतको कतारबाट मात्र १७ दशमलव सात प्रतिशत अर्थात् ५३ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । भारतबाट भने नेपालमा भित्रिने कुल रेमिट्यान्सको १४ दशमलव दुई प्रतिशत अर्थात् ४३ अर्ब १६ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यूएईबाट भने चालू आवको चार महिनामा कुल रेमिट्यान्स रकमको १३ दशमलव चार प्रतिशत अर्थात् ४० अर्ब ८७ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । साउदी अरेबियाबाट १२ दशमलव पाँच प्रतिशत अर्थात् ३८ अर्ब १५ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ भने मलेसियाबाट नौ दशमलव सात प्रतिशत अर्थात २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
अमेरिकाबाट भने चालू आवको पछिल्लो चार महिनामा आठ दशमलव तीन प्रतिशत अर्थात् २५ अर्ब ४२ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यसैगरी जापानबाट सात दशमलव पाँच प्रतिशत अर्थात् २२ अर्ब ८७ करोड, कुवेतबाट तीन दशमलव आठ प्रतिशत अर्थात् ११ अर्ब ५२ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ भने बहराइनबाट दुई दशमलव नौ प्रतिशत अर्थात् आठ अर्ब ७९ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ ।
कोरियाबाट भने दुई प्रतिशत अर्थात् छ अर्ब १५ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । चालू आवको पछिल्लो चार महिनामा बेलायतबाट पनि कुल रेमिट्यान्स रकमको एक दशमलव सात प्रतिशत अर्थात् पाँच अर्ब चार करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अष्ट्रेलियाबाट भने सबैभन्दा कम अर्थात् शून्य दशमलव चार प्रतिशत अर्थात् एक अर्ब ३४ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार अन्य मुलुकहरुबाट भने नेपालमा भित्रिने कुल रेमिट्यान्स रकमको पाँच दशमलव नौ प्रतिशत अर्थात् १८ अर्ब सात करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा भने नेपालले तीन खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया