नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच सम्झौता
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिका चिफ एक्सपेरियन्स अधिकृत श्री प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेस अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुुन् । यो प्रयासबाट सेवाग्राहीले रेमिट्यान्सको क्षेत्रमा आफूअनुकूल जहाँ कहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पु¥याउने गर्दछ ।
यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्सभन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने गर्दछ । यो एक कस्टोमाइज गरिएको वित्तीय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ । यो प्रक्रियाले गर्दा धेरै छिटो रकम पठाउन सकिन्छ । यो विद्युतीय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरू पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।
रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तिय संस्थाहरू अफ्नो प्लेटफर्म तथा ग्राहकहरूलाई सशक्त बनाउन लागि परेका छन् । नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरू, रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदयकको नेटवर्क तयार गरी भुक्तानी एवं ट्रान्स्फरको क्लियरिङ तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा विस्तार गरी रहेको छ । कम्पनीले आईएमई–पे, प्रभु–पे, खल्ती, नमस्ते–पेजस्ता भुक्तानी सेवा प्रदायकहरूलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारीमा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया