मेगा बैंकद्वारा धादिङका साना किसान तथा व्यवसायीहरूलाई सहुलियत कर्जा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरूलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केट्स लिमिटेड र धादिङ उद्योग वाणिज्य संघबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरूलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा सञ्चालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु व्यवसायीहरूलाई बैंक समक्ष सिफारिस गर्नेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंकका प्रमुख लघु तथा कृषि कर्जा पुण्यप्रसाद खनियाले साना किसान तथा लघु व्यवसायीहरूलाई मेगा बैंकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताए । मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ सेवा सर्वसुलभ गराउँदै आइरहेको बताउँदै उनले साना किसान तथा लघु व्यवसायीहरूलाई वित्तीय साक्षरताका साथै आधुनिक बैंकिङ सेवामा आबद्ध गराउने जानकारी पनि दिएका छन् ।
यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ कृषि, लघु तथा साना कर्जा प्रवाह गर्दै आएकोले आफूहरूले सहकार्य गरेको बताए । मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना किसान तथा लघु उद्यमीहरूलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मदत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेड र धादिङ उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले यस किसिमका कर्जा प्रवाह गर्ने क्रममा लक्षित वर्गको पहिचानका साथै व्यावसायिक योजना तयार गर्न साना किसान तथा उद्यमीहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया