काठमाडौं । ‘काठमाडौं किंग्स ११’ ले चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । काठमाडौँ किंग्सले जर्सी नं.सहित आफ्ना खेलाडीहरुको घोषणा गरेको हो ।
खेलमा पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं १०, अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले जसी नं. १६, अफगानी ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउनेछन् ।
यस्तै काठमाडौँ किंग्स ११ का कप्तान सन्दिप लामिछानेले जर्सी नं २५, गुल्सन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनीे जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाउनेछन् । यस्तै अमित श्रेष्ठ २७ नं जर्सी, राजु रिजाल ५ नं जर्सी, अमर सिङ्ग रौटेला ८१ नं जर्सी, शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाश चन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रिनेछन् ।
छ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल शनिबारबाट सुरु भइसकेको छ । खेल आगामी असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा सञ्चालन हुनेछ । काठमाडौँ किंग्स ११ ले पहिलो चरणमा शनिबार ललितपुर प्याट्रिएट्ससँग प्रतिस्पर्धा गरेको छ । उक्त खेलमा काठमाडौं किंग्स सात विकेटले विजयी भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया