निलम्बित पूर्वसहसचिव शर्मा ५० लाख धरौटी बुुझाएर रिहा
काठमाडौँ । निलम्बित पूर्वसहसचिव चूडामणि शर्मा ५० लाख रुपैयाँ धरौटी बुुझाएर रिहा भएका छन् । सोमबार विशेष अदालतले माग गरेको रकम ५० लाख धरौटी बुझाएर शर्मा रिहा भएका हुन् । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको सयुंक्त इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश दिएका हुुन् ।
शर्माविरुद्ध तत्कालीन समयमा कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने करछुट दिएको अभियोग लागेको थियो । आयोगले व्यवसायीहरुलाई मनलागी कर छुट दिएर राज्यकोषमा एक अर्ब ३३ लाख घाटा हुने गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
यसअन्तर्गत गत असारमा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । सोही मुुद्दामा कर फछ्र्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल आइतबार अदालतमा उपस्थित भएर ५० लाख नै धरौटी बुझाएर रिहा भइसकेको विशेष अदालतले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया