अफ्रिकामा कोभिड संक्रमितको संख्या ८४ लाखभन्दा बढी
जोहानेसबर्ग । अफ्रिकामा बुधबारसम्म पुष्टि भएका कोभिड संक्रमितको संख्या ८४ लाख ४५ हजार नौ सय १७ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी केन्द्र (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ ।
अफ्रिकी संघको विशेष स्वास्थ्य सेवा निकायका अनुसार अफ्रिकामा महामारीबाट मृत्यु हुनेको संख्या २१ लाख छ हजार १३ पुगेको छ भने ७८ लाख २४ हजारभन्दा बढी कोभिड–१९ संक्रमित बिरामी निको भइसकेका छन् । दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया यस महाद्वीपमा कोभिड–१९ संक्रमणका हिसाबले सबैभन्दा धेरै प्रभावित मुलुकहरू हुन् ।
अफ्रिका महादेशभरमा अहिलेसम्ममा दक्षिण अफ्रिकामा सबैभन्दा बढी २९ लाख १७ हजार दुई सय ५५ संक्रमित भएको पुष्टि भएको छ भने उत्तरी अफ्रिकी मुलुक मोरक्को दक्षिण अफ्रिकापछि बढी प्रभावित मुलुक हो । मोरक्कोमा बुधबार दिउसोसम्ममा नौ लाख ४२ हजार सात सय ७९ व्यक्ति संक्रमित बनेका छन् । संक्रमणका हिसाबले दक्षिणी अफ्रिका कोभिडबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी मुलुक हो भने त्यसपछि महाद्वीपको उत्तरी र पूर्वी क्षेत्रका देशमा कोभिड–१९ को महामारी बढी देखिएको सीडीसीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया