इङवा हाइड्रोको साधारण सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)को बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीका अनुसार प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
इङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, काठमाडौँ वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र इङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
इङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया