लन्डन, माघ १५
हुवावेले बेलायतमा सीमित भूमिका पाउने भएको छ । हुवावेको फाइभजी नेटवर्कले राष्ट्रिय सुरक्षामा हानि पु-याउने भन्दै प्रयोग नगर्न अमेरिकाले लबिङ गर्दै आए पनि बेलायतले हुवावेलाई अनुमति दिने प्रतिबद्धता जनाएको हो । यद्यपि संवेदनशील पार्टपुर्जा आपूर्ति गर्न भने नपाउने बताइएको छ । नेटवर्कसँग सम्बन्धित ३५ प्रतिशत किट प्रयोगलाई भने बेलायतले अनुमति दिनेछ । तर हुवावेले सैनिक क्याम्प र आणविक भट्टीवरपर भने सेवा दिन पाउनेछैन ।
कम्पनीका बेलायत प्रमुख भिक्टोर झांगले बेलायतले कम्पनीलाई हाल गरिरहेको कामलाई निरन्तरताको लागि अनुमति दिने प्रतिबद्धता जनाएको एक वक्तव्यमा उल्लेख गरेका छन् । बीबीसीका अनुसार झांगले बेलायतमा काम गर्न पाउनु प्रतिस्पर्धी बजारसम्मको पहुँच पुग्ने बताए । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अमेरिका र आफ्नै पार्टीका सांसदबाट समेत हुवावेलाई अनुमति नदिने दबाब रहँदै आएको छ । बेलायतको उक्त निर्णयप्रति अमेरिकाले भने निराशा व्यक्त गरेको बीबीसीले जनाएको छ ।
हुवावेको फाइभजी नेटवर्कमाथि प्रतिबन्ध नलगाउन चीनले बेलायतलाई यसअघि नै चेतावनी दिँदै आएको थियो । बेलायतको निर्णयलाई महत्वका साथ हेरिएको छ । बेलायतका चारमध्ये तीनवटा मोबाइल नेटवर्कले यसअघि नै हुवावेको फाइभजी उत्पादन प्रयोग गर्ने निर्णय लिइसकेका छन् । बेलायतमा नोकिया, एरिक्सन, सामसुङ र जेटटीईले फाइभजी सामग्री आपूर्ति गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया