अमेरिका । अमेरिकी सहर सिकागोमा रहेको प्रविधि कम्पनीले फेसबुकले आफ्नो नाम चोरेको आरोप लगाएको छ । फेसबुकले गत साता कर्पोरेट नाम फेसबुकबाट मेटा राखेको थियो । विज्ञप्ति जारी गर्दै कम्पनीका संस्थापक नेट स्कुलिकले भनेका छन्, ‘अक्टोबर २८ मा फेसबुकले हाम्रो ट्रेडमार्क अतिक्रमण गर्दै मेटा राखेको छ, यो नाम उनीहरुले हामीसँग किनेर होइन सामाजिक सञ्जालको बलमा जबर्जस्ती गरेका हुन् ।’
उनले बोल्ने एउटा र गर्ने अर्को व्यहोरा देखाउँदै आएको फेसबुकबाट यसो हुनु नौलो नभएको मेटाले जनाएको छ । मेटाले फेसबुकविरुद्ध प्रतिलिपि अतिक्रमणको मुद्दा अदालतमा हाल्ने प्रक्रिया सुरु गरेको जनाएको छ । इलिनोइसको सिकागोमा मेटा कम्पनी सन् २०१६ मै दर्ता भएको थियो । तर सन् २०१५ मै फेसबुकका संस्थापक मार्क जुकरबर्ग र श्रीमी प्रिसिलियाचानले चान जुकरबर्ग इनिसिएटिभको रुपमा मेटा ट्रेडमार्क दर्ता भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया