नेपाल बैंकर्स संघमा नयाँँ कार्यसमिति चयन
काठमाडौं । वाणिज्य बैंकहरूका प्रमुुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघमा नयाँँ कार्यसमिति चयन भएको छ । संघको कात्तिक २३ गते अर्थात् मंगलबार होटल -याडिसनमा भएको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्ष पदमा भने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्विरोधरूपमा चयन भएका छन् । उक्त पदका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत आकांक्षी रहेका थिए । तर उक्त पदको लागि बैंकरहरूबीच समझदारी जुटेपछि केसी उपाध्यक्ष पदमा चयन भएका हुुन् । अध्यक्ष पदको लागि भने यसअघि उम्मेदवारी दिन कोही तयार नभएको र उपाध्यायको मात्र उम्मेदवारी परेपछि उपाध्याय अध्यक्ष पदमा चयन भएका हुुन् । यसअघि भने उनी संघमा उपाध्यक्ष पदमा रहेका छन् । यसैगरी संघको नयाँ कार्यसमितिमा दुई जना नयाँ सदस्यहरू चयन भएका छन् ।
सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका हुुन् । संघमा सदस्य पदमा रहेका नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बैंकबाट बाहिरिएपछि दुई सदस्य रिक्त रहेकोमा शाह र न्यौपानेलाई नयाँ कार्यसमितिमा सदस्य पदमा चयन गरिएको संघले जानकारी दिएको छ ।
संघका अन्य सदस्यहरूमा भने एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत लिपकुमार डे, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत, कृष्णबहादुर अधिकारी, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष अधिकारी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेका छन् । संघको सल्लाहकारहरूमा भने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना चयन भएको संघले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया