रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । बिहीबार आईएमईले आयोजना गरेको ‘आईएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा उनले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताए । रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे । ‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पु-याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,’ उनले भने । लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमई जहिले पनि आम सर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
- आन्तरिक विवाद समाधानका लागि राप्रपाले गर्यो बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
- तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया