डच बाहनले रेल परियोजनामा १२ अर्ब युरो लगानी
बर्लिन, माघ १७
जर्मनीको सरकारी रेल सेवा डच बाहन (डीबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करिब १२ अर्ब २० करोड युरो (करिब १३ अर्ब ४३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना अघि सारेको छ । डिबीका पूर्वाधार निर्माण निर्देशक रोलान्ड पोफाल्लाले जर्मनीमा रेलवे सेवाको सुधारका लागि एकै वर्षमा यतिठूलो लगानी गरिएको यो पहिलो भएको बताएका हुन् ।
सिन्ह्वाका अनुसार सन् २०२० मा डच बाहनले जर्मनीमा एक हजार ८०० किलोमिटर रेलवे ट्राक र एक हजार ९०० भन्दा बढी स्वीच पुनः सञ्चालनमा ल्याउने जनाएको छ । यसबाहेक, १६० वटा पुल र ८०० भन्दा बढी ट्रेन स्टेसनलाई आधुनिक बनाइने छ । डिबीले सन् २०२० का लागि मात्र दुई हजारभन्दा बढी दक्ष कामदार नियुक्त गरिने बताएको छ । जर्मन सरकार र डिबीबीच हालै मात्र वित्तीय लगानीसम्बन्धी सम्झौता भएको थियो ।
जर्मन सरकारले सन् २०३० सम्ममा जर्मन रेल सेवाको मर्मत सुधार र आधुनिकीकरणका लागि ८६ अर्ब युरो लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । जर्मनीका अर्थमन्त्री ओलाफ सोल्जले वर्तमान सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको बताउँदै डच बाहनले रेल सेवालाई अत्याधुनिक र गुणस्तरीय बनाउन सम्पूर्ण शक्ति लगाउने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया