विराटनगर, माघ २१
सरकारको कमजोर अर्थ नीतिका कारण भारतबाट व्यापारिक मालवस्तुको पैठारी र नेपालबाट पाम आयलको निकासी घटेपछि विराटनगर भन्सारको राजस्व संकलन नै खुम्चिन पुगेको छ । चालू आवको मध्यावधिसम्ममा विराटनगर भन्सारको राजस्वमा ६० प्रतिशत कमी आएको छ । चालू आवको पुस मसान्तसम्ममा २५ अर्ब ६६ करोड ८९ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको भन्सारले १५ अर्ब ४३ करोड ५९ लाख रूपैयाँ मात्र संकलन गर्न सकेको छ । विराटनगर भन्सारमा आएका नयाँ भन्सार प्रमुख शिव भण्डारीको दुई महिने कार्यकाल नै राजस्व संकलनमा कमी भएपछि उनको असमक्षता नै मुख्य कारण भएको तर्क गर्न थालिएको छ । साथै सरकारको द्वैध अर्थ नीतिका कारणले पनि विराटनगर भन्सारको राजस्वमा कमी आएको कुरा उद्योगीको तर्क रहेको छ ।
केही समयअगाडि मात्र भारतले दुई अर्ब १० करोड रूपैयाँ लागतमा आईसीपी निर्माण गरिदिए पनि भारतमा रहेको मिरगञ्जको पुल पूर्णरूपमा निर्माण नगर्दा ७ किलोमिटरको दूरी पार गर्न मालगाडीलाई ३ दिन लाग्ने गरेको भनाइ स्थानीय उद्योगी तथा ब्यवसायीको रहेको छ । सोही कारण व्यापारीले मेची भन्सार र सुनसरी भन्सारबाट मिल्ने जति मालवस्तु पैठारी गर्न थालेको तर्क पनि व्यवसायीको छ । मिरगञ्ज पुल नबन्दासम्म निकासी र पैठारीबाट हुने समस्यालाई जतिसक्दो प्रमुख भन्सार अधिकृतबाट समस्या समाधानमा पहल हुनुपर्नेमा नभएका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले भन्सारनाका नै परिवर्तन गर्नुपर्ने बाध्यता भएको भनाइ उद्योगीको छ ।
नेपालबाट भारत निकासी हुँदै आएको पाम आयल, फलाम, तामाका तारलगायतको निर्यातमा सरकारको द्वैध नीतिका कारण ह्रास र खुद्रा मालवस्तुको पैठारीमा आएको कमीले विराटनगर भन्सारले राजस्व उठाउन नसको तर्क उद्योगीको छ । सरकारले गरेको अदूरदर्शी नीर्णयका कारण भारतबाट आयात हुने जुस तथा खाद्यपदार्थको प्रतिबन्धले पनि भन्सार राजस्वमा कमी हुँदै आएको कुरा थाहा भएको छ । सरकारले ६ महिनाभन्दा कमको ‘एक्सपायर डेट’ भएको खाद्यपदार्थ र सिन्थेटिक फलेभर भएको जुसमा रोक लगाएको छ । भारतबाट हुँदै आएको गार्मेन्टको आयात शून्य मा छ ।
भारतले मिरगञ्जमा भत्केको पुल मर्मतको नाममा वर्षौं लगाउनुभन्दा नेपाल सरकारले पहल गरेर नयाँ पुल बनाएर आवतजावत सुचारु गर्नुपर्ने तर्क उद्योगी तथा व्यवसायीको छ । यो काममा पनि नेपाल सरकार अहिलेसम्म कमजोर नै देखिएको भनाइ स्थानीय उद्योगी तथा व्यवसायीको छ । आईसीपी बने पनि मिरगञ्जको एउटा पुल नबनुनजेल आईसीपीबाट नेपाली व्यापारीले कुनै लाभ लिन नसक्ने दाबी उद्योगी तथा व्यवसायीको तर्क रहेको छ ।
विराटनगर भन्सारबाट चालू आर्थिक वर्षको (६ महिना) पुस मसान्तसम्ममा भन्सार महशुलतर्फ १० अर्ब ९६ करोड १७ लाख रूपैयाँ असुलीको लक्ष्य रहेकोमा छ अर्ब २५ करोड १५ लाख रूपैयाँ मात्र संकलन भएको छ । यस्तै मूल्य अभिवृद्धितर्फ १३ अर्ब ४० करोड ९७ लाख रूपैयाँको लक्ष्यमा आठ अर्ब १४ करोड ७७ लाख र अन्तःशुल्कतर्फ एक अर्ब २९ करोड ७४ लाखको लक्ष्यमा एक अर्ब तीन करोड ६६ लाख मात्र संकलन भएको छ । यसबाट पनि विराटनगर भन्सारका भन्सार प्रमुख शिव भण्डारीसहित भन्सारमा कार्यरत कर्मचारीतन्त्रमा व्यक्तिगत आकांक्षाका कारण राजस्वमा कमी आएको दाबी समाचारस्रोतले गरेको छ ।
गत आवको पहिलो ६ महीनाको अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १९ अर्ब ५७ करोड ३० लाख रूपैयाँ असुल गरेको थियो । राजस्व कमी हुनुमा भन्सार प्रमुखको भन्सार सञ्चालनका लागि आवश्यक पर्ने दक्षतामा कमी भएकाले नै लक्ष्यअनुसारको राजस्व संकलन नभएको दाबी भन्सारस्रोतले गरेको छ । विराटनगर भन्सारको राजस्वमा कमी हुनुमा भारतमा रहेको मिरगञ्ज पुल एउटा बहाना मात्र भएको तर्क उद्योगीको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया