घरजमिन जोगाइदिएर कोरिडोर बनाउन खल्लामछेट्टीका स्थानीयको आग्रह
कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीयले महाकाली कोरिडोर ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङकर सडक निर्माण गर्दा स्थानीयको जमिन, खेत, घर जोगाई निर्माण गर्न आग्रह गरेका छन् । गाउँबाट सडक निर्माण कार्य राम्रो भए पनि केही नेता, जनप्रतिनिधिहरूले पुर्वाग्राही ढंगबाट आफूहरूको घरखेतबाटै सडक लैजान लागेको उनीहरूको गुनासो छ ।
स्थानीय राजेन्द्र टमाटाले नक्साभन्दा बाहिर सडक ल्याएर आफ्नो घरखेत सडकमा पारिएको बताए । ‘यो सडक पश्चिम भएर जानुपर्ने हो’, उनले भने, ‘बढी पूर्वतिर तानेर मेरो घरखेत नै नासिदियो ।’ उनले घर, जमिनको क्षतिपूर्ति समेत दिनुपर्ने माग गरेका छन् । अर्का स्थानीय धनगिरी चुनाराले सडक गएको घरखेत, जमिनवालालाई सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए । गाउँ स्थानीय अगुवा भैरव बोहराले कम क्षति हुनेगरी सिधै सडक निर्माणमा जोड दिए । महाकाली कोरिडोर ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङकर सडकखण्डका सव इन्जिनियर दौलतसिह धामीले नक्साअनुरुप सडक विस्तार भइरहेको बताए । ‘हामीले कसैको घरखेत नास्ने तरिकाले सडक निर्माण गर्न खोजेका छैनौँ’, उनले भने, ‘नक्साअनुरुप सडक निर्माण भइरहेको छ, जनता खुसी छन् ।’
भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले ऐलानी जमिन भएकाले मुआब्जा दिन नसकिने बताउँदै कुनै स्थानीयको ठूलै क्षति हुने देखिए केही मिलाउन सकिने बताए । उनले दार्चुलादेखि कञ्चनपुरसम्म सडक निर्माणकार्य ऐतिहासिक भएकाले सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘त्यहाँ ०६५ सालमै सडक निर्माणका लागि नक्सा बनेको हो’, उनले भने, ‘नक्साअनुरुप सडक अघि बढेको छ, गाउँमा सडक पुग्दा खुसी हुनुपर्नेमा विरोध गर्नुको कुनै तुक छैन ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया