केपी खनाल
वालिङ, माघ २२
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकामा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू हुनेभएको छ । विद्युतीय हस्ताक्षरका लागि जनप्रतिनिधि तथा कर्मचारीहरूलाई विभिन्न चरणका तालिमहरू प्रदान गरी ‘क्रिप्टो टोकन’ उपलब्ध गराइसकिएकाले अब छिट्टै यो सेवा सुरु हुनेभएको हो ।
वालिङ नगरपालिकाले विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू गर्नका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै अन्तिम चरणमा पुगेको र देशभरिमा काठमाडौँ महानगरपालिकापछि वालिङमा यो सेवा कार्यान्वयनको चरणमा रहेको सरकारबाट मान्यताप्राप्त रेडियन्ट इन्फोटेक नेपाल प्रालिका प्रबन्ध निर्देशक दीपक भण्डारीले बताए ।
वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले विद्युतीय हस्ताक्षरसम्बन्धी प्रमाणीकरण नियन्त्रकको कार्यालय रेडियन्ट ईन्फोटेक नेपाल प्रालिले वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आवश्यक तालिम दिइसकेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया