बाल्ट्राको चाडपर्व अफरका विजेता घोषणा
काठमाडौं माघ २२
नेपालमा रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेसले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्रमार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।
कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरुमध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेसमा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ ईन्च स्मार्ट टिभी जित्न सफल भएका छन् । त्यसै गरी उक्त योजनाअन्तर्गत २ जनाले ४० इन्चको टि.भी., ३ जनाले ३२ इन्चको टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।
इलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाइन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया