सनराइज बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा
काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु-याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले शुक्रबार प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
साथै शनिबार बैंकले प्रदेश १, ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा ८५औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।
बैंकले सेवा सञ्चालनका लागि फुलासीका बसन्त कुमार लामा र कुन्तादेवीका लाल प्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल एक सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ६१ वटा एटीएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया