ग्लोबल आईएमई लघुवित्तको नाफा १४ करोड ७८ लाख
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ७८ लाख ९४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १२ करोड नौ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ५२ करोड ६३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ६९ करोड ९० लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड ३२ लाख ४५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५९ करोड ३९ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४८ करोड ५६ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ४७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ३१ लाख ८९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया