जानकी फाइनान्सको नाफा तीन करोड ५५ लाख
काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ५५ लाख ८९ हजार एक सय ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ३० लाख ४५ हजार आठ सय तीन रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ६० करोड चार लाख ६० करोड चार लाख ११ हजार एक सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब आठ करोड ३० लाख ९० हजार तीन सय ४५ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ७२ लाख ३९ हजार चार सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ७१ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको पाँच दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाईनान्सले दुई अर्ब ८७ करोड ७१ लाख ८३ हजार सात सय ४० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १५ करोड ८३ लाख ५६ हजार तीन सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७५ लाख ७७ हजार पाँच सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया