राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ ।विभागले आरोपी सात जनाविरुद्ध ५८ लाख ७९ हजार सात सय ४६ रूपैयाँबराबरको बिगो कायम गरी गत बिहीबार मुद्दा दायर गरेको हो ।
विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रूपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
विभागले अभि टे«डर्स कलैया–७ बाराको गत मंसिर ३ गतेको बिजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना ७ ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रविनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया