भन्सार विन्दुमा कारोबार मूल्य कायम गर्न चेम्बरको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । चेम्बरको प्रतिनिधिमण्डलले बिहीबार राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकास पौडेलसँग भेटी वस्तुहरूको आयत/निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।
भन्सारमा सन्दर्भ मूल्य कायम हुँदा मूल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले सन्दर्भ मूल्यका कारण समग्र राजस्वमा नै असर गरेको तथा हुण्डी कारोबार समेत मौलाएको दाबी गरे । बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाइ छ । उनले अनुगमन प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसायमैत्री बनाउन महानिर्देशक पौडेलसँग आग्रह गरे । भन्सार विन्दुहरूमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि उनले माग गरे । राजस्व चुहावट सम्बन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तीय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ ।
बैंकिङ प्रणालीमा सात लाखभन्दा बढीको कारोबार गर्दा सबै विवरण पेस गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पनि अव्यावहारिक तथा झन्झटिलो भएको अध्यक्ष मल्लले बताए । साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि ५० लाख रूपैयाँसम्मको सिलिङलाई वृद्धि गरी दुई करोड पु-याउन समेत अध्यक्ष मल्लले आग्रह गरे । यो व्यवस्थाबाट थुप्रै साना व्यवसायीहरू करको दायरामा आउन प्रेरित हुने र यसले राजस्व वृद्धिमा नै सहयोग पु-याउने अध्यक्ष मल्लको सुझाव छ । यस्तै चेम्बर पदाधिकारीले आयत निरुत्साहित र निर्यात प्रवद्र्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने सुझाव दिएका थिए । सरकारी नीति एकद्वारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै चेम्बरले भन्सार प्रशासनमा डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
भेटमा महानिर्देशक पौडेलले व्यापार सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए । चेम्बरको सुझावप्रति सकारात्मक रहेको भन्दै उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिने सन्दर्भमा सरकार सकारात्मक रहेको उल्लेख गरे । व्यावसायिक सहजीकरणका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाइ छ । प्रतिनिधिमण्डलमा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मलहोत्रा, अर्का उपाध्यक्ष दीपक श्रेष्ठ तथा कार्यसमिति सदस्यहरू पर्शुराम दाहाल र निरज राई सहभागी थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया