लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ संक्रमित भएकी छिन् । तर उनमा संक्रमणको लक्षण भने सामान्य छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छिन् ।
महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चाल्र्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उनी संक्रमित हुनुभएको खबर बाहिरिएको हो । बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उनी संक्रमित भएको पुष्टि गरेको छ । उनले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।
उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी छिन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया