सुदूरपश्चिम प्रदेशमा रहेका मुक्तहलिया र वादी समुदायको स्थलगत निरीक्षण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्तहलिया र वादी समुदायको स्थलगत निरीक्षण गरेकी छिन् । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूमि संवाद कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या समाधानमा आफू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।
लामो समयदेखि व्यवस्थापन हुन नसकिरहेको मुक्तकमैया, कम्लरी, हलिया, हरूवा र चरुवाहरूको समस्या समाधानका उपायसहित दिनेगरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने उनले जानकारी दिइन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दिगो रुपमा समाधान होस् भनेर भूमि र किसानका क्षेत्रमा काम गरिहेका सदस्य रहने गरी राष्ट्रिय भूमि आयोगको गठन आदेश संशोधन गरी जिल्ला भूमि आयोगहरू गठन गर्ने काम भइरहको पनि उनले बताइन् ।
कानुन, ऐन नियमहरू बन्ने तर त्यसको कार्यान्वयन नहुनु मुख्य समस्या रहेको भन्दै उनले भूमिसम्बन्धी समस्या समाधानका लागि संविधान र कानुनको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले भूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रिपरिषद्मा लगिएको र त्यो छिटो पास होस् भनेर आफू लागि रहेको जानकारी दिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया