सन्तोष पौडेल
वीरगञ्ज, माघ २७
सशस्त्र प्रहरीले प्रदेश २ बाट छ महिनामा २१ करोडभन्दा बढीको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरीको २ छिन्नमस्ता बाहिनी र मातहत कार्यालयले आर्थिक वर्ष ०७६/७७ को साउनदेखि पुससम्ममा २१ करोड २२ लाख ६ हजार २ सय ८२ रुपैयाँको अवैध समान बरामद गरेको हो ।
सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीले दिएको जानकारीअनुसार ६ महिनामा ११ लाख ४५ हजार ३ सय ४३ रुपैयाँको १२६.६५ ग्राम सुन, ६३ लाख १९ हजार १४७ रुपैयाँको १०३.४६५ के.जी. चाँदी, ३२ लाख ९ हजार ३ सय १० रुपैयाँको एक हजार १०१.७ घनफिट काठ, स्रोत नखुलेको अवैध रकम ६९ लाख ७८ हजार ७ सय ५५ र अन्य अबैध सामग्रीहरु १९ करोड ४५ लाख ५३ हजार ७ सय २७ रुपैयाँको बरामद भएको छ । त्यसैगरी सशस्त्र प्रहरीले पेस्तोल १० थान, १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक ४ थान गरी कुल १५ थान बन्दुक, २५ वटा राउण्ड गोली, ६ वटा क्याप, बारुद १५० ग्राम, लागू औषध गाजा २९८.४३ के.जी., चरेश ६१ के.जी., ब्राउन सुगर २ प्याकेट र अन्य लागूऔषध १४ हजार १६९ थान बरामद गर्नुको साथै अवैध क्रियाकलापमा संलग्न ७४ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज भन्सारबाटै ४ करोडका समान बरामद : त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वार्टर राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्मले चालू आर्थिक वर्षको छ महिनामा चार करोडभन्दा बढीका भन्सार छलीका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । भन्सार राजस्व गस्ती गुल्मको एरिया पर्ने पर्सा र बाराका सीमानाकाहरुबाट अवैध रुपमा भन्सार छली भित्र्याइएको ४ करोड ७ लाख २१ हजार ७ सय ७६ रुपैयाँबराबरको विभिन्न सामानहरु बरामद गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । अवैध रुपमा भन्सार छली तथा बेवारिसे अवस्थामा कागजपत्र नभएको भेटिएपछि दुई करोड ३९ लाख ९७ हजार रुपैया मुल्य बराबरका विभिन्न सवारीका साधनहरुलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।
त्यसैगरी अवैध रुपमा भन्सार चोरी पैठारी गरी भित्र्याइएको ५३ लाख ९५ हजार एक सय २८ रुपैयाँको लत्ताकपडा, नेपालमा प्रतिबन्धित भारतीय र नेपाली रुपैयाँ गरेर ३६ लाख ३३ हजार २५ रुपैयाँ, हार्डवेयर २० लाख ४२ हजार ९ सय ५० रुपैयाँ, पशुचौपाया १७ लाख ३० हजार रुपैयाँ, किराना १७ लाख १० हजार ८ सय ६४ रुपैया रहेको छ । त्यसैगरी मोटरपार्टस ७ लाख ७६ हजार २ सय ३० रुपैया, मोबाइल कमप्युटर पार्टस र टिभी ५ लाख ६८ हजार ३ सय ८५ रुपैया, चाँदी ३ लाख ५२ हजार ६ सय ५१ रुपैया, औषधी २ लाख ५ हजार ५ सय ९८ रुपैया, भाडा वर्तन १ लाख ८० हजार ९ सय ९५ रुपैया, मरिच ७५ हजार ९ सय ५० र तरकारीबाट ५३ हजार गरी यो आर्थिक वर्षको छ महिनामा उक्त रकम बराबरको भन्सार छलीका समान पक्राउ गरी भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया