लन्डन । कच्चा तेलको मूल्य विश्वमा आकाशिएको छ । बीबीसीका अनुसार प्रतिब्यारेल नै कच्चा तेल १३९ अमेरिकी डलर पुगेको छ । जुन १४ वर्षयताकै उच्च हो । यता होलसेल बजारमा ग्यासको मूल्य पनि दोब्बर बढी भएको छ । अमेरिकाले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाउने तयारी गरिरहँदा मूल्य झन् बढेको हो । रुस कच्चा तेलको दोस्रो ठूलो उत्पादक हो । सबैभन्दा धेरै भने साउदी अरेबियाले यसको उत्पादन गर्छ ।
सन् २००८ यता तेलको मूल्य उच्च भएको हो । विश्लेषकहरुले प्रतिब्यारेल दुई सय अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएका छन् । अमेरिकी कच्चा तेल सोमबार छ प्रतिशतले बढेर एक सय २३ अमेरिकी डलर पुगेको छ । ब्रेन्ट क्रुड १३९ अमेरिकी डलर पुगिसकेको छ । यो भनेको एकै महिनामा ३५ प्रतिशतले भएको वृद्धि हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया