महालक्ष्मी विकास बैंकद्वारा रकम सहयोग
काठमाडौं, माघ २८
महालक्ष्मी विकास बैंकले सुुगन्ध थाल्सेमिया प्रोजेक्टलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको विराटनगर शाखाले थाल्सेमिया रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थाल्सेमिया प्रोजेक्लाई दुुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
यही माघ २५ गते शनिबार आदर्श मावि विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउण्ड टेवल ११ द्वारा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यमा सम्पन्न समारोहका बीच बैंकको विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया