काठमाडौं । राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार दिने घोषणा गरेको हो । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरका व्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुने भएका छन् भने उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत हुने भएको छ । पुरस्कार छनोट उपसमितिका संयोजक तथा महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम घोषणा गरेका थिए । महासंघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७८ बाट सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि. दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. पैंयुपाटा, बागलुङ, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा, बर्दिया, कर्णाली प्रदेशबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. गोदावारी, कैलाली पुरस्कृत हुने भएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया