विवादमा परेको महाकुलुङ चक्रपथ निर्माणको बाटो खुल्ला
महेन्द्र शाही
सोलुखुम्बु, फागुन २
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको गौरवको आयोजनाअन्तर्गत रहेको चक्रपथ निर्माणको लागि बाटो खुल्ला भएको छ । चक्रपथ निर्माणका क्रममा अनधिकृत रुपमा जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयले दिएको रिट निवेदन खारेज भएसँगै चक्रपथ निर्माणको काम अगाडि बढाउन बाटो खुलेको हो ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा गाउँपालिकाको वडा नम्बर ३ का चतुमान राईसहित १४ जना स्थानीयले महाकुलुङ गाउँपालिका, वडा कार्यालय तथा उपभोक्ता समितिलाई समेत विपक्षी बनाएर २०७६ साउन ३१ गते रिट दर्ता गराएका थिए । ‘अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ’ भनी दिएको रिट बुधबार खारेज भएको हो ।
न्यायाधीशद्वय गणेश प्रसाद बराल र किरण कुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट निवेदन खारेज गरेको हो । अन्तरिम आदेश दिनुपर्ने मनासिब कारण नदेखिएकाले रिट खारेज भएको अदालतले जनाएको छ । बुधबारको फैसलाले विकास निर्माणमा राजनीतिक प्रतिशोधका आधारमा बाधा उत्पन्न गर्नेहरुलाई पाठ सिकाएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । गाउँको विकासलाई सबैले सहयोग गर्नुको सट्टा राजनीति आस्थाका कारण अदालतसम्म पुग्नु आफ्नै लागि घातक भएको अध्यक्ष किराँतीको भनाइ छ ।
विकास विरोधीहरुले विरोधका लागि मात्र विरोध गरेकाले गाउँपालिकाको पक्षमा फैसला भएको उनको दाबी छ । समृद्ध गाउँपालिकाको महा अभियानमा जुटिरहेको बेला विकासमा राजनीति नगर्न आग्रह गर्दै अध्यक्ष किराँतीले विकास सबैको साझा भएको बुझ्नुपर्नेमा जोड दिए । अब पनि यस्ता काम गर्नेहरुलाई यो फैसलाले पाठ सिकाएको भन्दै विकासमा कुनै पनि सम्झौता नहुने बताए ।
आफूहरु जनताको विकासका लागि आएको भन्दै अरुले उचालेको भरमा नउचालिन पनि उनले स्थानीयलाई आग्रह गरेका छन् । गाउँको विकासका लागि सानो चित्त नबनाउन पनि सबैसँग उनको अनुरोध छ । स्थानीयस्तरमा विकास भयो भने त्यो सबैको साझा हुने भन्दै गाउँपालिका अध्यक्षको मात्र हो भन्ने नसोच्न पनि अध्यक्षले विपक्षीलाई आग्रह गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया